तिम्रै लागि बाँची रहन्छु, बियोगले जले पनि ।
टुट्न दिने छैन यो ज्यान, आँशु पिई गले पनि ।।
पीरतिको बोट हुर्काउन, मलजल हाली गोडें मैले ।
ढल्न दिने छैन त्यसलाई, आँधीहुरी चले पनि ।।
नयाँ जिवन बनाउनलाई, संघर्ष गरि हिडेंको छु ।
तिमी छ्यौनी दुःख छैन, यो भाग्यले छले पनि ।।
संगै मर्ने संगै बाँच्ने, बाचा तिम्ले गरेकी छ्यौ ।
उठाई हाल्छौं कहि कतै, बेहोस भई ढले पनि ।।
एक पल्ट मनै खोज्दा, खोस्यौ तिम्ले मृत्यूबाट ।
तिम्रै नाम लिई रहनेछु, चिता माथि बले पनि ।।
-सोबन परीयार
नयनभित्र लुकाउँ भने आँशु सित खस्ने हौकि
छातीभित्र सजाउँ भने कलेजीमा डस्ने हौकि
कहाँ राख्ने होला मैले आकाशको तारा टिपी
अंगालोमा झुन्ड्याउँदा पासो बनी कस्ने हौकि
देख्न थाले सपनामा सुन्दर महल आजभोलि
चाहनामा आगो लगाइ खरानी पो घस्ने हौकि
बबईको तटमा सानो घर्ज्म गर्न हिँड भन्थे
झुप्रो छोडी तिमी पनि महलतिर पस्ने हौकि
चट्टानबाट पानी रसाइ प्यास मेटाउने मेरो आशा
रोटी भोटी नपुर्यामा तिमी रुदै बस्ने हौकि
-गणेश आचार्य
आखा भरि तिम्रै तस्बिर सजाए मैले
तिम्रै यादमा अविरल आशु बगाए मैले
लुकाएर सारा पिडा हरु आफै भित्र
तिम्रै लागि हर पल खुसि मगाए मैले
हासो खुसि जे दिन्छौ देउ तिमि
अब तिमि संगै नाता लगाए मैले
तिमि संगै रमाउने आशाहरु लिएर
आफ्नै सारा खुशी जलाए मैले
-दिलु थापा मगर
गैंडाकोट
आज मैले कसैको मुटुमा चोट पुर् याएको छु
सधै हाँसी खुशी रहने लाई मैले रुलाएको छु ,
माया रुपी अमृतका प्याला पिउन खोज्नेलाई ,
नबिउझिने गरी बिषका प्याला पिलाएको छु ,
कोइली भाकामा मधुर मायाको धुन सुनाउनेलाई ,
तिखा बाण रुपी बचन मैले आज चलाएको छु ,
अंकुराउदै थियो होला त्यो मायाको सानो टुसा ,
बढ्न नपाउदै त्यो आँकुरालाई ढलाएको छु ,
सहनशील सुशील कोमलता कि खानी उनीलाई ,
कहिल्यै नमेटिने घाऊको निसानी दिलाएको छु
जे . आर . ” आभास ”
एम. एस्सी दोस्रो वर्ष
रसायन शास्त्र केन्द्रीय बिभाग, त्रिभुवन बिस्वबिध्यालय ,
कीर्तिपुर , काठमाडौँ , नेपाल
परेलीका ओठमा टल्पलाएका सजल तिमीलाई,
त्यहि सजल ले कोरेको यो गजल तिमीलाई ,
कठिन परीक्षा दुखको जिन्दगीमा आए पनि,
विफल बरु मैले नै पाउ तर सफल तिमीलाई ,
चाहे जस्तो भइ किन मैले बाच्नु नपरोस ,
सबै खराब मलाई संसारको असल तिमीलाई ,
हरेस तिमी कहिल्यै नखानु म होउन्जेल ,
लाऊ बरु म मा भाको आत्माबल तिमीलाई
म भित्रको एक मुठी प्राण रहुन्जेल सम्मै ,
मैले बाच्ने जिन्दगीको पलपल तिमीलाई
-जे. आर. “आभास”
झुपडीका अँधेरी रात चिर्ने जुन बन तिमी,
गरीबका भाषा बोल्ने सारंगी धुन बन तिमी ,
पलपल आफ्नो छाक अलिनो खानेका निम्ति,
निमुखा को सरिर तन्ग्राऊने नुन बन तिमी ,
दिन रात नभनी पसिना बगाउने का लागि ,
तिनकै रोमरोममा सल्बलाउने खुन बन तिमी,
अहंकार देखाउन सामन्तीले भिर्ने गहना होइन,
एक मुठी अन्न किन्न सक्ने सुन बन तिमी
-जे. आर. “आभास”
बाँचुन्जेल तिमी सँगै कुरा गर्न पाए पुग्छ
अञ्जुलीमा तिम्रो माया सधैं भर्न पाए पुग्छ
संसारको सारा खुशी मेरो लागी केहि होइन
जहा जान्छौ तिमी त्यहि मैले सर्न पाए पुग्छ
जिन्दगीका अफ्ठ्यारा ति मोड अनि जंघारहरु
तिम्रै हात समाएर सधैं तर्न पाए पुग्छ
विधिको त्यो विधानमा भागवण्डा लाग्छ भने
युगौ युग मेरो भागमा तिमी पर्न पाए पुग्छ
खुशी छु म जिन्दगीमा अरु केहि चाह छैन
अन्तिम इच्छा तिम्रै काखमा हाँस्दै मर्न पाए पुग्छ
-यन. पी भट्टराई
जहा घाउ लागेको छ त्यहि छुरी चलाउछौ
खरानी भै सकेको छु फेरी किन जलाउछौ
मेरो गल्ती केहि भए म सँग नै भन्दा हुन्थ्यो
किन अरु सँग मात्रै मेरो कुरा लगाउछौ
तिमी आफैं नाता जोड्छौ फेरि आफैं तोड्छौ
फेरी मेरै यादमा तिमी आँशु किन बगाउछौ
तिम्रो मेरो सम्बन्धनै छैन भनि हिड्छौ अरे
फेरी मलाइ भेट्न तिमी पाइला किन बढाउछौ
प्रेम के हो १ पूजा के हो १ तिम्लाई थाहा छैन भने
मन्दीरमा गै भगवानलाई फूल किन चढाउछौ
-नारायण प्रसाद
December 30th,2009
Nepali Gajal |
2 Comments
स्वास मात्र लिदैछु म जीन्दगीमा बाच्नलाई
हरेक दिन पिउदैछु म एकै छिन हास्नलाई
मेरो दिलको मन्दिरमा आगो सल्काइ गए पछि
हरेक पल जल्दैछु म तिमी बिना जीउनलाई
बादलमा कथा कोरी हावासँगै गएपछि
पर्खिएर बसेकोछु आउँछौ भनि तिमीलाई
देखाएर आशाहरु भावनामा खेलेपछि
पागलझै त्रि्रो यादमा नचाउदैछु आफैलाई
हरेक दिन पिउदैछु म एकै छिन हास्नलाइ
स्वास मात्र लिदैछु म जीन्दगीमा बाच्नलाइ
-गणेश कटुवाल
अन्तर्क्रिया गरुँ लाग्छ तिम्रो प्यारमा
एउटा धून भरुँ लाग्छ तिम्रो प्यारमा
मनका सारा रहरहरु लुकाएरै कति बस्छ्यौ
प्रीतिरस छरुँ लाग्छ तिम्रो प्यारमा
मुस्कानको झरी सुक्ला थर्थराउने ओँठ भरी
हर्ष बनी सरुँ लाग्छ तिम्रो प्यारमा
आकांक्षाको भेल रोक्दै अनन्त यो आकाशमा
आफ्नै रहर हरुँ लाग्छ तिम्रो प्यारमा
तिमी आफैं सागर हौ भावहरु छचल्किने
डुँगा बनी तरुँ लाग्छ तिम्रो प्यारमा
-नवराज कंडेल ‘अविरल’